नापी कार्यालयका दुई अधिकारी डेढ लाख घुससहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार रुपैयाँ घुस लिने तीन जना विरुद्व विशेष अदालतमा मुअदालतमा मुद्धा दायर गरेको छ ।

आयोगले नापी कार्यालय साँखुका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने, नायव सुब्बा महेश काफ्लेले र लेखापढी व्यवसायी विष्णु के.सी विरुद्व मुद्धा दर्ता गरेको हो ।

उनीहरुले जग्गा हालसाविक गर्ने भन्दै लागि सेवाग्राहीसँग घुस मागेका थिए । आयोगमा परेको उजुरीको आधारमा आयोग टोलीले न्यौपाने, काफ्ले र के.सीलाई १ लाख ५० हजार घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । आयोगका अनुसार केसीले भने मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए ।

आयोगले न्यौपाने र काफ्लेलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र जरिवाना हुने र मध्यस्तकर्ता के.सीलाई सोही ऐन अनुसार २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम एक लाख ५० हजार जरिवाना र कैद सजाय हुनेगरी अदालत मुद्धा दायर गरेको जनाएको छ ।


क्लिकमान्डु