गगन थापाको आरोप: पुस्तकमा भन्सार महसुल लगाएर सरकारले ज्ञानलाई नियन्त्रण गर्न खोज्यो



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत पुस्तकमा लगाएको भन्सार महसुलमा १० प्रतिशत शुल्क लगाउने निर्णयले स्वदेशी मुद्रण उद्योगलाई फाइदा नपुर्याउने बरु यसले पुस्तकको मूल्य बढाइ कालान्तरमा ज्ञानलाई नियन्त्रण गर्नु खोजेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले भने, ‘सरकारले वर्षमा कति वटा किताब पढ्न पाउने हो त्यो पनि तोकिए हुन्थ्यो ।’

किताब आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने व्यवस्थाले स्वदेशी मुद्रा उद्योगलाई फाइदा पुर्याउने तर्कमा कुनै दम नरहेको भन्दै नेपाली प्रकाशकले अन्य मुलुकबाट छापेर ल्याउने किताबमा यस अघि नै लगाउँदै आएको १५ प्रतिशत भन्सारले कुनै बदलाव नल्याएको समेत बताए ।

उनले भने, ‘घरेलू मुद्रण व्यवसायको हित सरकारले चाहेको हो भने अनेकन उपायहरु थिए । किताव आयोगको अंकले भन्छन राजस्व संकलनमा यसले टेवा पुर्याउनेमा झनै दम छैन् ।’ त्यसैले यो कामको एउटै उद्देश्य किताबलाई महंगो बनाउँदै किताबलाई नियन्त्रण गर्नु कालान्तरमा ज्ञानलाई नियन्त्रण गर्नु रहेको आरोप लगाए ।

तर विदेशबाट आउने नेपालीले भन्सार नतिर्ने गरी धेरै पुस्तकहरु लिएर आउने गरे भने सरकारको चाहना पूरा नहुन सक्छ ।

विदेशबाट आउने नेपालीहरुले एक पटकमा कति वटा पुस्तक ल्याउने पाउने हो कोटा तोकिदिन समेत आग्रह गरे ।

भने, ‘त्यसको अनुगन गर्न विमानस्थल लगायतका ठाउँमा सुरक्षा जाँच गर्नुहोस । किताव बढी ल्याउनेलाई दण्ड जरिवाना गराउनुहोस । त्यसले पनि नेपालीले किताब नपढी नछाड्ने भए भने सरकारले एक वर्षमा एक नेपालीले कति पुस्तक पढ्न पाउनुपर्ने हो त्यसकै कोटा तोकि दिनुस ।’


क्लिकमान्डु