बिग बोस होस्ट सलमान खानले कति लिन्छन पारिश्रमिक ?



भारतीय रियालिटी शो बिग बोस होस्ट गरेवापत सलमान खानले कति पारिश्रमिक लिन्छन होला ? अनुमान गर्न सक्नुहुन्छ ?

विगत ९ वर्षदेखि शो होस्ट गर्दै आएका सलमान खानले ४ अर्बभन्दा बढी भारतीय रुपैयाँ पारिश्रमिक मात्रै लिन्छन् ।

फिल्म, विज्ञापनका साथै रियालिटी शो प्रोडक्सन र होस्ट गर्ने सलमान खानले गत वर्षभन्दा झण्डै १ सय भारु बढी पारिश्रमिक लिएका हुृन् ।

उनले २६ वटा एपिसोडमा देखिनेछन् । शनिबार र आइतबार गरी सातामा २ दिन देखिने उनले प्रति एपिसोड १५.५ करोड भारु लिन्छन् । शो १३ हप्तासम्म चल्नेछ ।

उनले सिजन ४ देखि ६ सम्म प्रति एपिसोड साढे २ करोड भारु लिएका थिए । भने सिजन ७ मा दोब्बर गरी प्रति एपिसोड ५ करोड भारु लिएका थिए । त्यस्तै सिजन ८ मा प्रति एपिसोड साढे ५ करोड भारु, सिजन ९ मा प्रति एपिसोड ८ करोड भारु लिएका थिए ।

त्यस्तै सिजन १० मा प्रति एपिसोड ८ करोड भारु चार्ज गरेका थिए । एजेन्सी


क्लिकमान्डु