सुनको भाउ अहिलेसम्म कै महंगो, ६५ हजार पुग्यो
काठमाडौं । बजारमा सुनको भाउ अहिलेसम्म कै महंगो भएको छ । बिहीबार प्रति तोला ६४ हजार पुगेको सुनको भाउ शुक्रबार ६५ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार असार ४ गते ६३ हजारमा कारोबार भएको थियो ।
इरान र अमेरिकाबीच बढ्दो तनाव, अमेरिका–चीन व्यापार युद्ध, पोर्चुगलले १ हजार अमेरिकी सेना फिर्ता पठाउने निर्णय गरेका कारणले सुन मूल्य प्रभावित भएको हुन सक्ने व्यवसायीहरुको आँकलन छ ।
त्यस्तै, सरकारले बजेटमा भन्सार दर प्रंतितोला १ हजार रुपैयाँले बढाउने निर्णय गरेपछि पनि सुनको मूल्य बढेको व्यवसायीको भनाइ छ ।