नक्कली भ्याट बिल गर्नेहरु पुनः सक्रिय, विभागले १५ जनालाई ३ अर्ब बिगो राखेर मुद्दा दर्ता गर्यो



काठमाडौं । नक्कली भ्याट बिलको प्रयोग गरेर राज्यलाई राजस्व छल्नेहरु पुनः सक्रिय बनेका छन् ।

झुट्टा तथा नक्कली विजक तयार एवंविक्री गरी राजस्व छलि गर्ने मुख्य व्यक्तिसुनसरी जिल्ला इनरुवा न।पा। वडा नं। ९, वलाहा स्थायी ठेगाना भई हाल भक्तपुर जिल्ला मध्यपुर ठिमी नपा वडा नं। ३, ठिमी टेर्साटार बस्ने वर्ष ४९ का गोपाल प्रसाद भट्टराईसमेत लाई राजस्व अनुसन्धान विभागले पक्राउ गरी अनुसन्धान सम्पन्न गरी १५ जनालाई २ अर्ब ९८ करोेड रुपैयाँ बिगो कायम गरेर मुद्दा दर्ता गरेको छ ।

प्रतिवादीहरुले गरेको बयान, विभिन्न बैक तथाफाईनान्सबाट प्राप्त स्टेटमेन्ट लगायतका कागजातहरु, आन्तरिक राजस्व विभागमा पेश गरेका मूअकर तथा आय विवरणहरु समेतबाट प्रतिवादीहरु विनोद धमाला, सन्तोष कुमार कार्की, मेघ बहादुर श्रेष्ठट, धन बहादुर भोम्जन, भरत बहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला ९दमाई० र पार्वती सुचिकार समेतका नाममा विभिन्नध ८ वटा फर्महरु दर्ता गराई उल्लेखित फर्महरुको सम्पूर्ण आर्थिक कारोवार गर्ने व्यक्तिहरु गोपाल प्रसाद भट्टराई र रिम्वरध्वज कार्कीले त्यस्ता फर्महरुबाट वास्तविक रुपमा बस्तु तथा सेवाकोखरिद बिक्रीकारोबार नै नगरी झुठ्ठा बिजक तयार गरी राज्यलाई तिर्नुपर्ने कर दायित्व नतिर्ने प्रपन्च जालसाजी गरी निजी फाईदा लिईराजस्व चुहावट गरेको देखिएको विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस्ता फर्महरुले वस्तु तथा सेवाको वास्तविक खरिद(बिक्री कारोबार नै नगरी बिजक मात्र जारी गर्ने गरेको हो,सो फर्महरुले वस्तु तथा सेवाको वास्तविक खरिद विक्रि नगरी झुट्टा तथा नक्कली मू।अ।कर विजकमात्र विभिन्नत फर्मका नाममाजारी गरी राजस्व छलि गर्ने कार्यमा आफू र रिम्वरध्वज कार्की समेतको संलग्नता रहेको र त्यसवाट प्राप्त हुने लाभमा समानुपातिक हिस्सेदारी रहेको भनी गरेको वयानसमेतका तथ्य र प्रमाणबाट निज प्रतिवादी गोपाल प्रसाद भट्टराई र रिम्वरध्वज कार्कीले फर्मका प्रोपाईटर रहेका माथि उल्लेखित प्रतिवादीहरुसंग मिलेमतो गरी ती व्यक्तिहरुको नाममा दर्ता भएका विभिन्नर फर्महरु मार्फत झुट्टा तथा नक्कली मूअकर विजक जारी गरेर कर छलि गरी नियतवश राजस्व चुहावट गरेको देखिन आएकोले फर्मका मुख्य कारोवारी प्रतिवादीहरु गोपाल प्रसाद भट्टराई र रिम्वरध्वज कार्कीले राजस्व चुहावट गरेको देखिएको उल्लेख गरेको छ ।


क्लिकमान्डु