रसुवागढीको सुरुङ भित्र थुनिएका १७ कामदारको सकुशल उद्धार



काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढीले निमाृण गरिरहेको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका १७ कामदारको सकुशल उद्दार गरिएको छ ।

उनीहरु सबैलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ । जिल्ला प्रहरी प्रमुख भागेन्द्रपुरुष ढकालका अनुसार छ चिनियाँ नागरिकसहित १७ कामदारलाई आज बिहान सकुशल बाहिर निकालिएको हो ।

बाहिर निकालिएका ती सबै १७ कामदारको उद्धारपश्चात स्थानीय स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण कार्यसमेत सम्पन्न गरिएको ढकालले जानकारी दिनुभयो । हिजो साँझदेखि गएको सुक्खा पहिरोमा फाटफुटरूपमा ढुङ्गा झरिरहेकाले आजका लागि विद्युत् आयोजनाको सुरुङको काम सुरक्षाका कारण तत्कालका लागि स्थगित गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

विद्युत् आयोजनाको निर्माणमा चिनियाँ ठेकेदार कम्पनी सीडब्ल्यूईले कामदारको सुरक्षालाई दृष्टिगत गरी निर्माण कार्य अगाडि बढाइने बताएको छ । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जलविद्युत् कम्पनीका कर्मचारी जुटेका थिए


क्लिकमान्डु