संयुक्त घर बनाउनेलाई नक्सा पासमा ९० प्रतिशत छुट दिइने



काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई वा सोभन्दा बढी जना मिलेर एउटै घर बनाए नक्सा पासमा ९० प्रतिशतसम्म छुट दिने भएको छ ।

बिहीबार आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पेश गर्दै मेयर विद्यासुन्दर शाक्यले यस्तो उल्लेख गरेका हुन् ।

पेश गरिएको नीति तथा कार्यक्रममा सुरक्षित भवन निर्माण गर्न महानगरवासीलाई प्रोत्साहन गर्ने उद्देश्यले २ वा २ भन्दा बढी जग्गाधनीहरुको सहमतिमा एउटै आवासीय भवन निर्माण गर्ने गरी नक्सा पेश गरेमा नक्सापास दस्तुरमा ९० प्रतिशत छुट दिने  उल्लेख गरिएको छ ।


क्लिकमान्डु