४२ अर्ब डलर सम्पत्तिका मालिक अनिल अम्बानी टाट पल्टदै, अर्बपतिको सूचिबाट आउट हुने सम्भावना



अनिल अम्बानी भारतका अर्बपति व्यापारी उनको अहिलेसम्मको परिचय हो । तर,अबको उनी अर्बपति अनिल अम्बानी हुने छैनन् ।

१० वर्ष अगाडि ४२ अर्ब अमेरिकी डलर सम्पत्तिसँगै विश्वका धनी व्यक्तिमा १० भित्र परेका थिए ।

अब उनी अर्बपतिको सूचिबाट बाहिरिदिै छन् । मंगलबारको सेयर बजारमा कारोबार बन्द हुँदा अनिलको प्रमुख लगानी रहेको रिलायन्स ग्रुपका कम्पनीको सयुक्त बजार पुँजीकरण ५४ सय करोड भारु अर्थात ७७३ मिलियन डलरमा झरेको छ ।

अनिलसँग अहिले आफ्नो ग्रुपको रिलायन्स इन्फ्रास्ट्रक्चर,रिलायन्स नेवल एण्ड इन्जिनियरिङ,रिलायन्स पावर,रिलायन्स क्याटिल,रिलायन्स होम फाइनान्स र रिलायन्स कम्युनिकेशनमा ७५ प्रतिशत सेयर स्वामित्व छ । उनको ग्रुपमा सूचिकृत भएका कम्पनीको बजार पुँजीकरण हेर्दा अनिलको सम्पत्ति बिलियन डलरबाट कम भएको देखिएको छ ।

केही समय अगाडि ग्रुपसँग प्रोफिट दिने कम्पनी म्युचुअल फण्ड बिजने रिलायन्स निपन लाइफ एसेट म्यानेजमेन्टको ठूलो हिस्सा थियो । यो जापानी कम्पनी निपोन लाइफसँग सयmु लगानीमा थियो । हालैमात्र यसेको सेयर पार्टनर कम्पनीलाई बिक्री अनिलले गरेका छन् ।

भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका भाई अनिललाई अहिले आफ्नो व्यापारमा सबै व्यवसायमा चुनौती भोग्नु पर्ने अवस्था आएको छ । मुकेश अम्बानीलाई ५० अर्ब अमेरिकी डलर सम्पत्तिसँगै विश्वमा १३ औं सबैभन्दा धनी व्यक्तिको सूचिमा फोब्र्सले सूचिकृत गरेको छ ।

एउटा समयमा रिलायन्स कम्युनिकेशनमा अनिलसँग ६० प्रतिशत हिस्सा थियो । अहिले उनले बैंकलाई बुझाउनुपर्ने ५८ हजार करोड भारतीय रुपैयाँ नबुझाएर डिफल्टरको आरोप खेपेका छन् । उनका ३ वटा कम्पनी रिलायन्स क्यापिटल,रिलायन्स होम फाइनान्स र रिलायन्स इन्फ्रास्ट्रक्चरका अडिडरले राजिनामा दिएका छन् । उनको अर्को कम्पनी रिलायन्स पावर सन् २००८ मा भारतीय सेयर बजारको चर्चित कम्पनी थियो ।

सन् २००८ मा विश्वको छैठौं धनी व्यक्ति अनिल अम्बानीसँग त्यो बेला ४२ अर्ब अमेरिकी डलरको सम्पत्ति थियो । ४३ अर्ब अमेरिकी डलर सम्पत्तिसँगै उनका दाई मुकेश विश्वमा पाचौं धनी व्यक्ति थिए तर,सन् २००८ मै आएको आर्थिक संकटले उनको सम्पत्ति ओरालो लाग्न थाल्यो ।

अहिले मुकेशसँग ५१ अर्ब अमेरिकी डलर सम्पत्ति छ । फोब्र्सको रियल टाइम नेटवर्थ इन्डिकेटर अनुसार अनिलसँग १.५ अर्ब अमेरिकी डलरको सम्पत्ति छ । अनिलको लगानी रहेको कम्पनीको सेयर मूल्य आएको गिरावटसँगै उनी अर्बपतिको सूचिबाट बाहिरिने छन् । इकोनोमिक्स टाइम्सबाट


क्लिकमान्डु