रेडबुल लगायत इनर्जी ड्रिंकको आयातमा प्रतिबन्ध



काठमाडौं । सरकारले रेडबुल लगायतका इनर्जी ड्रिक्सको आयातमा प्रतिबन्ध लगाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयले क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ र यस्तै प्रकारका पेय पदार्थको आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

रेडबुलले आफुलाई इनर्जी ड्रिक्सको रुपमा ब्रान्डिङ गर्ने गरेको छ ।
यस्तै मन्त्रालयले २० माइक्रोकोनको सट्टा कम मोटाइका प्लास्टिक झोला सिटको आयातमा समेत पूर्ण रुपमा रोक लगाएको छ ।

निर्यात तर्फ भने हिमाली जिल्लामा उत्पादन हुने चामलको निकासी खोलेको छ । यस्तै दालजन्य वस्तुमा रहरको निकासी समेत खोलिएको छ ।


क्लिकमान्डु