प्रधानमन्त्री ओलीले भने – देउवा जीलाई संसदीय मर्यादा त थाहा हुनुपर्ने हो, अचम्म लाग्यो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले आज गरेको संसद अवरुद्ध अमर्यादित भएको बताएका छन् । उनले उक्त कार्य असंसदीय, अमर्यादित भएको आरोप लगाए ।

‘संसद्मा असंसदीय अमर्यादित क्रियाकलाप भयो, दुनियाँको लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेको बखत संसद्लाई विभिन्न विषयमा सरकारका दृष्टिकोणको बारेमा सरकारलाई जानकारी गराउने र विभिन्न न्यायहरु बारे जानकारी गराउने अभ्यास हुन्छ ।

प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा र प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफैले बोल्नुपर्छ भन्ने कुरा लोकतन्त्रमा कँही पनि हुँदैन’ उनले भने ।

प्रधानमन्त्रीले बोल्ने कुरा अगाडि नै तय भएको थियो । नेपाली कांग्रेसले अडान मात्र लियो र प्रधानमन्त्रीलाई बोल्न रोक्नको लागि संसद्को कामकारवाही रोक्न खोज्यो ।

विषय केहीपनि थिएन । लोकतान्त्रिक अभ्यासमा पहिले प्रधानमन्त्रीले त्यसपछि विपक्षी दलको नेताले त्यसपछि बरियताक्रम अनुसार बोल्ने हुन्छ । हरेक किसिमका निउ खोज्ने काम भयो ।

लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा लागेका मेरा मित्र शेरबहादुर देउवाजी आफै नेतृत्व गरेर जानुभयो । उहाँलाई संसदीय मर्यादा त्यती थाह हुनुपर्ने हो ।

उनले अहिले लोकतन्त्र, गपणतन्त्र र संघीयताविरुद्ध घोर दक्षिणपन्थी र घोर वामपन्थी शक्तीहरु एकजुट भएर लागेको आरोप लगाए ।

जनताका शासनका विरुद्ध, लोकतान्त्रको विरुद्धमा अलोकतान्त्रिक शक्ती स्पस्टरुपमा देखिएको छ ।
प्रधानमन्त्रीले भने, ‘म बीबीसी टेलिभिजनको कार्यक्रममा आफ्ना कुरा राख्न पाए । मेरो कार्यक्रम भइरहँदा टेलिभिजन हेर्नेको संख्या ४० लाख नाघेछ । एकैपटक ४० लाखले हेर्ने मौका पाएँ ।’

गुठी विधेयकको विषयमा बोल्दै ओलीले भने, ‘म बाहिर गएको बेलामा देशमा तनाव बढाउने काम भयो । गुठीलाई पुर्नगठन गर्न चाहेका थियौ, गुठीहरुले सु– सञ्चालन गर्न सकेन भन्ने आएपछि त्यसलाई भंग गरेर नयाँ विधेयक ल्याएको हो ।’


क्लिकमान्डु