विवादित गुठी विधेयक फिर्ता लिएको सरकारको घोषणा




काठमाडौं । सरकारले विवादित गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ ।

गुठी विधेयकको सर्वत्र विरोध भएपछि सरकारले मंगलबार विधेयक फिर्ता लिएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले जानकारी दिइन् ।

उक्त विधेयकलाई लिएर जनसमूदायमा विभिन्न किसिमका भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई विथोल्ने कोसिस भएकाले विधेयक फिर्ता लिएको उनको भनाइ छ ।

गुठी विधेयकबारे थप छलफल तथा परामर्श गर्न आवश्यक रहेको हुँदा विधेयक फिर्ता लिएको उल्लेख गरेकी छन् ।


क्लिकमान्डु