संसदमा बोल्न नपाएका प्रधानमन्त्रीले पत्रकार सम्मेलन गरी गुठी विधयेकबारे जानकारी दिने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभामा बोल्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत भनाइ राख्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्विट गर्दै उक्त जानकारी दिएका हुन ।

उनले लेखेका छन, ‘सम्माननीय प्रधानमन्त्री ओलीले आज अपरान्ह ५ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक महत्वका विषयमा आफ्नो धारणा प्रस्तुत गर्दै हुनुहुन्छ ।’

अहिले गुठी विधयेकलाई लिएर सरकारको सर्वत्र आलोचना भइरहेको छ । सत्तारुढ दलभित्रै पनि चर्को आलोचना भएपछि विधयेक फिर्ता लिने वा संशोधन गर्ने विषयमा छलफल चलेको छ ।

प्रधानमन्त्रीले प्रनिनिधि सभाबाट गुठी विधयेकको विषयमा सरकारको स्पष्ट धारणा आउने अपेक्षा गरिएको थियो ।

तर प्रधानमन्त्री बोल्न नपाएपछि पत्रकार सम्मेलनमार्फत उक्त विषयमा सरकारको धारणा आउने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु