किन बन्द भयो हायात होटल ?



काठमाडौं । बौद्धस्थित पाँचतारे होटल हायात बन्द भएको छ । तारागाउँका कम्पनी सचिव रमणकुमार कर्णले नेपाल स्टक एक्सचेञ्जलाई पत्र लेख्दै आइतबार होटल बन्द गरिएको जानकारी दिएका थिए ।

हायातमा रहेको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघले बिहीबारदेखि श्रम ऐन पालनाको माग राख्दै धर्ना दिएका थिए । होटलले मजदुरहरुको आन्दोलनका कारण अनिश्चितकालका लागि होटल बन्द गरिएको जानकारी दिएका हुन् ।

मजदुरहरुले जबरजस्ती कामदारलाई साथमा लिइ सम्पूर्ण सेवा र व्यवस्थापनको प्रशासनिक कामकारबाही अवरुद्ध गरेकाले होटल बन्द गर्नुपरेको उल्लेख गरिएको छ ।

२९० कोठा भएको होटल ३ सय ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । जसमध्ये १५० रोपनीको रजिस्ट्रेसन पास छ भने १५४ रोपनी भाडामा लिइएको छ ।


क्लिकमान्डु