देउवा बोल्न नपाएपछि कांग्रेसद्वारा संसदमा नाराबाजी, संसद अबरुद्ध




काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गर्न लाग्दा रोष्ट्रम घेराउ गरी विरोध गरेका छन् ।

नेपाली कांग्रेसले ओलीभन्दा अगाडि संसदीय दलका नेता शेरबहादुर देउवा बोल्न पाउने पर्ने माग राखेका थिए । कांग्रेसले संसदीय मर्यादा कायम गर्न माग गर्दै नाराबाजी गरेको थियो ।

प्रतिनिधी सभाको बैंठकमा मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले बोल्ने कार्यक्रम थियो । तर कांग्रेसले सभामुख कृष्णबहादुर महरालाई नै भेट गरी देउवालाई प्रधानमन्त्रीभन्दा पहिले बोल्न दिनका लागि माग गरेको थियो ।

प्रधानमन्त्री ओली बोल्नका लागि रोस्टममा उभिएर पनि विरोधका कारण नबोली फर्किएका थिए ।

संसद भोलि १२ बजेसम्मका लागि स्थगित भएको छ ।


क्लिकमान्डु