राजस्व अनुसन्धान एक्सनमा, जेठसम्म २३८ जना बिरुद्ध मुद्दा, ६६ किलो सुन बरामद



काठमाडौं । अर्थमन्त्रालय मातहतमा रहेको राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत पुगेपछि एक्सनमा उत्रेको छ ।

विभागले जेठ मसान्तसम्ममा २३८ जना विरुद्द १८ अर्बको बिगो र ३ वर्षसम्मको कैद सजाय माग राखेर मुद्दा दर्ता गरेको छ ।

विभागले जेठ मसान्तसम्ममा ६६.४० किलो सुन बरामद गरेको जनाएको छ । हुण्डी कारोबारमा संलग्न हुनेको ६४ वटा मुद्दा दायर विभागले गरेको छ ।

१०४ जना हुण्डी कारोबारमा संलग्नलाई ५ अर्ब ११ करोड बिगो कायम गरेर तेब्बर सम्म आर्थिक जरिवाना र ३ वर्षसम्म कैद र मागदाबी सहितको मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।

विभागको सक्रियताले राजस्व प्राप्ती र विप्रेषण प्राप्ती बढाएको उल्लेख गरेको छ ।


क्लिकमान्डु