लोकसेवा पुगेका विद्यार्थीमाथि प्रहरीको चड्कन, विद्यार्थीले राखे यस्ता माग (भिडियोसहित)



काठमाडौं । पछिल्लो समय लोकसेवाले खुलाएको विज्ञापन निकै विबादित भएको छ । विज्ञापन विबाद गर्नुपर्ने र नगर्ने पक्षबीच जुहारी चलिरहेको छ ।

यहि जुहारीको मारमा परेका छन लोकसेवा तयारी गर्दै बसेका विद्यार्थीहरु । लोकसेवाको विज्ञापन विबादमा आएपछि हजारौ जनाले फाराम भरिसकेका छन भने अहिले सर्भर डाउन हुने, निबेदन पेश नहुने समस्या आएपछि आक्राशित बनेका विद्यार्थीहरु माग सुनाउन लोकसेवा आयोगको कार्यालय पुगेका हुन ।

स्वस्थ प्रतिस्पर्धाबाट परीक्षा हुनुपर्यो, जसको दिमागले भेटछ उसैले जागिर खान्छ जस्ता माग राखेका थिए । म्याद नथप्ने, सर्भरमा समस्या ल्याउने काम लोक सेवाले गर्न नहुने र यसबारेमा लोक सेवाका पदाधिकारीले स्पष्ट पार्नुपर्ने उनीहरुको माग छ ।

तर लोक सेवा आयोग छिर्ने गेट निरै प्रहरीले उनीहरूलाई रोकेको छ । लोक सेवा आयोगले माग सम्बोधन गर्नुका सट्टा हस्ताक्षर, चलानी नम्बर विहिन सूचना टाँसेर आलटाल गरेको विद्यार्थीहरुको आरोप छ ।

आयोग जाने गेटमा रोकिएका विद्यार्थीमध्ये एक जनालाई बर्दीमा पि.वी मल्ल नाम लेखिएका प्रहरीले गालामा चडकन लगाएपछि विद्यार्थीहरु आक्रोशित बनेका हुन ।  प्रहरी मेरो साथी नारा बनाउने तर आफ्नो माग सुनाउन आउँदा समेत प्रहरीले दमन गरेको भन्दै विद्यार्थीहरुले प्रहरीले माफी माग्नुपर्ने माग गरेका छन ।
विस्तृत भिडियोमा हेर्नुहोस ।


क्लिकमान्डु