फेरि घट्यो तेलको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा २ रुपैयाँका दरले मूल्य घटाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रति लिटर १०८ रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य प्रति लिटर ९६.५० रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै हवाइ इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता ई. वीरेन्द्र गोइतले जानकारी दिएका छन् ।


क्लिकमान्डु