नेपालमै ‘रेल्वे इञ्जिनीयरिङ’मा डिग्री पढाउने तयारी



काठमाडौं । देशको आवश्यकताअनुसार विषय थप गर्ने क्रममा पुल्चोक इञ्जिनीयरिङ क्याम्पसले स्नातकोत्तर तहमा ‘रेल्वे इञ्जिनीयरिङ’ विषयको अध्यापन गर्ने भएको छ ।

यो सङ्काय थप्नका लागि त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परीषद् र नेपाल इञ्जिनीयरिङ परिषदको अनुमोदन बाँकी रहेको क्यामम्पस प्रशासनले जनाएको छ ।

क्याम्पसले स्नातक तहमा रासायनिक इञ्जिनीयरिङ सङ्काय थप्नका लागि पनि तयारी शुरु भएको सहायक क्याम्पसप्रमुख शिवकृष्ण दुवाले बताए । दुवै निकायले अनुमोदन गर्न ढिलाइ गरिरहेको उनको भनाइ छ ।

अनुमोदन ढिला हुँदा त्यसले निजी क्याम्पसलाई फाइदा पुग्ने र अभिभावक तथा विद्यार्थीलाई घाटा हुने उनले बताए ।
‘जुन शुल्कमा यहाँ विद्यार्थीले पढ्न पाउँछन् निजीमा त्योभन्दा महङ्गो भए पनि विद्यार्थी बाध्य हुन्छन्,’ उनले भने ।

क्याम्पसमा अहिले सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक, कम्प्युटर, मेकानिकल, एरोसपेस ९अन्तरिक्षयान प्रविधि० र एप्लाइड साइन्स सङ्काय गरेर छ वटा सङ्काय रहेका छन् ।

क्याम्पसमा स्नातक तहमा ५२८ र स्नात्तकोत्तर तहमा ४०० विद्यार्थीको सिट सङ्ख्या रहेको छ । रासस


पुष्प दुलाल