कर्णालीको बजेटः छोरी जन्मिनेवित्तिकै बैंक खाता खोलेर २० वर्षसम्म पैसा हालिदिने



काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको छ ।

उक्त बजेटमा बैंक खाता छोरीकोः सुरक्षा जीवनभरिको लगायतका योजना ल्याईएको छ । उक्त योजना अनुसार छोरीको लालनपालन र शिक्षा दिक्षको लागि छोरी जन्मेको अवसरमा बैंकमा खाता खोल्ने व्यवस्था गरिएको छ ।

आगामी आबको बजेटले छोरप् जन्मेको उपलक्ष्यमा १ हजार रुपैयाँ जम्मा गरेर बैंक खाता खोली प्रत्येक महिना ५ सय रुपैयाँका दरले २० वर्षसम्म जम्मा गरिदिने योजना ल्याएको छ । त्यसका लागि प्रदेश सरकारले आगामी आवको बजेटमा ७ करोड विनियोजन गरेको छ ।

कर्णाली प्रदेशले आगामी आवको लागि ल्याएको बजेटमा करदाता, लगानीकर्ता र आम नागरिकले अपेक्षा गरेको आदश कर प्रणालीबाट प्रेरित भएर आगामी आर्थिक वर्षको राजस्व नीति अबलम्बन गर्ने बजेटमा उल्लेख छ ।

सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याई राजस्वको आधार फराकिलो बनाउने, आर्थिक क्रियाकलापको विस्तारमा सहयोग पुग्ने गरी कर प्रणालीलाई लगानीमैत्री बनाई उत्पादनमूलक उद्योग तथा व्यवसायको प्रबद्धन गर्ने, करको संरचना र करका दरहरुमा समय सापेक्ष सधुार गर्न कर प्रणालीलाई थप प्रगतिशील र समन्यायिक बनाउने कर कानूनको पालनामा जोड दिँदै कर छली तथा चहुावट नियन्त्रण गर्ने गैरकर राजस्वको क्षेत्र विस्तार एंव करका दरहरुलाई समायोजन गरी राजस्व वृद्धिृ गर्ने योजना रहेको छ ।

बजेटमा प्रदेशमा करका क्षत्रे पहिचान गरी प्रदेश कर कानूनको उपयुक्त व्यवस्था गर्ने र छरितो कर प्रशासनिक संरचना मार्फत कर तथा गैर कर असुली तथा संकलन कार्य प्रभावकारी र करदातामैत्री बनाइने उल्लेख छ ।


क्लिकमान्डु