सिएनआईका बरिष्ठ उपाध्यक्ष अनुज अग्रवालको कम्पनीले ८ अर्ब ऋण लिने



काठमाडौं । नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष रहेका अनुज अग्रवालको ट्रेडिङ कम्पनी युनाइटेड डिस्टिब्युटरले ८ अर्ब रुपैयाँ बैंकबाट ऋण लिने भएको छ ।

८ अर्ब ऋण लिनको लागि युनाइटेड डिस्टिव्यूटरले गरायो रेटिङ गराएको छ । केयर नेपालले युनाइटेड डिस्टिव्यूटर नेपालको ८ अर्ब बराबरको ऋणको लागि रेटिङ गरेको छ ।

केयर नेपालले सो कम्पनीलाई केयर एन पि थ्री बी प्रदान गरेको छ ।

विगत १६ वर्षदेखि सञ्चालनमा रहेको सो कम्पनीले उपभोग्य सामग्री तथ अन्य म्यानुफ्याकचरिङ क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीको अध्यक्षमा अनुज अग्रवाल रहेका छन् ।

उनी नेपाल इन्फास्टकचर बैंकको अध्यक्ष समेत रहेका छन् । यस्तै नेपाल उद्योग परिसंघका उपाध्यक्ष समेत छन् । कम्पनीको प्रवन्ध निर्देशकमा भने विवेक अग्रवाल रहेका छन् । व्यवसायिक घराना विशाल ग्रुप अन्तर्गतको यो कम्पनी हो । कम्पनीले विश्वका प्रख्यात एफएमजी वस्तुको नेपालमा बिक्री गर्दै आएको छ ।

लामो समयसम्मका बैंकको सुविधाका लागि ४२ करोड ३० लाख, छोटो समयका लागि ६ अर्ब ५१ करोड, प्रस्तावित रुपमा रहेको छोटो समयको बैंक सुविधाका लागि १५ करोड ६० लाख बैंक ग्यारेन्टीका लागि ९१ करोड गरेर ८ अर्ब रुपैयाँको ऋण लिन लागेको हो ।

कम्पनीले सन् २०१५ मा ५ अर्ब ४९ करोड रुपैयाँको कारोबार गरेको थियो । यस्तै सन् २०१६ मा ६ अर्ब ७० करोड रुपैयाँ सन् २०१८ मा ८ अर्ब ६४ करोड रुपैयाँको कारोबार गरेको थियो ।


क्लिकमान्डु