भारत–पाकिस्तान खेलमा लाग्यो १ लाख करोडको सट्टा



विश्वकप क्रिकेट प्रतियोगिता बेलायतमा जति चर्चा छ त्योभन्दा बढी भारतीय सट्टा बजार गर्मराएको छ । आइतबार दिउँसो म्यानचेस्टरमा हुने खेल अगाडि भारतका विभिन्न सट्टा बजारमा १ लाख करोड रुपैयाँभन्दा बढीको बोली लागिसकेको छ ।

खेलको नतिजा जे भए पनि सट्टा बजारमा भने भारतीय टिमले जित्ने आँकलन गरिएको छ । आइतबार खेल सुरु हुनुभन्दा केही समय अगाडिसम्म भारतको जितमा मुम्बईको सट्टा बजारमा ४५ पैसा र पाकिस्तानको जितमा २.३५ भारतीय रुपैयाँको बोली लगाइएको छ ।

यसको अर्थ भारतीय टिमको सम्भावा बलियो छ । तर जोधपुरको सट्टाबजारमा भने भारतका लागि ४२ पैसा र पाकिस्तानका लागि ४५ पैसा राखिएको छ ।
सट्टा बजारमा पहिले ब्याटिङ गर्ने टिमले ३३० रन बनाए जित्ने आँकलन गरिएको छ ।


क्लिकमान्डु