देउवाको गाउँपालिकामा पानी घट्टलाई बजेट

क्लिकमान्डु २०७६ जेठ ३० गते १२:५५ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गाउँपालिकामा पानी घट्टका लागि बजेट विनियोजन गरिएको छ । डढेलधुराको गन्यापधुरा गाउँपालिका देउवाको गाउँपालिका हो ।

सरकारको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना अन्तगर्तत गन्यापधुरा गाउँपालिकामा सुधारीएको घट्टको कार्यक्रम राख्दै बजेट विनियोजन गरिएको हो ।

डडेलधुरा, अछाम, कैलाली, दार्चुला, डोटी, बझाङ, बाजुरा, बैतडीलगायतका जिल्लामा स्थानी तहले सञ्चालन गर्ने कार्यक्रमहरु मध्ये सुधारिएको घट्ट पनि छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ मा संघ, प्रदेश एवं स्थानीय तहबाट सञ्चालन हुने वार्षिक विकास कार्यक्रममा यस्तो उल्लेख छ ।

सबैभन्दा धेरै प्रधानमन्त्री भएका देउवाको जिल्लामा अझैपनि पानी घट्टमै बजेट विनियोजन हुनुले देशको विकास कहाँ पुगेको छ भन्ने प्रष्ट संकेत गर्छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स