लोकसेवा आयोगको विज्ञापन खारेज नहुने, सर्वोच्चले दियो यस्तो आदेश



काठमाडौं । लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गर्दै परेको रिटको विपक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले लोकसेवा आयोगले निकालेको विज्ञापन खारेज गर्न माग गर्दै परेको उत्प्रेषणको मुद्धामा अन्तरिम आदेश दिएन ।

लोकसेवाको विज्ञापन सच्याउन सांसदको माग, अब प्रक्रिया रोकिन्छ कि अघि बढ्छ ?

सर्वोच्चले अन्तरिम आदेश नदिएसँगै आयोगलाई विज्ञापन प्रक्रियालाई अगाडि बढाउन बाटो खुलेको छ ।

प्रतिनिधी सभाको राज्य व्यवस्था समितिले सोमबार लोकसेवा आयोगलाई विज्ञापन प्रक्रिया स्थगित गर्न र करारमा आवश्यक कर्मचारी तत्कालका लागि नियुक्त गर्न निर्देशन दिएको थियो ।

स्थानीय तहमा ९ हजारभन्दा बढी पदमा जागिर खुल्यो, कुन पदमा कति ? हेर्नुहोस विज्ञापन

आयोगले निकालेको विज्ञापनमा समावेशी सिद्दान्त कार्यान्वयन नभएको भन्दै विरोध भएपछि समितिले प्रक्रिया स्थगित गर्नका लागि निर्देशन दिएको थियो ।

लोकसेवा आयोगको विज्ञापन खारेज नहुने, सर्वोच्चले दियो यस्तो आदेश


क्लिकमान्डु