व्यापार घाटा कम गर्न हिमालको पानी खाडीमा बेच्ने सरकारकाे योजना




काठमाडौं । सरकारले व्यापार घाटा कम गर्नका लागि हिमालको पानी खाडी मुलुकमा बेच्ने भएको छ ।

सरकारले मन्त्रिपरिषद्बाट पारित गरेको व्यापार घाटा न्यूनिकरण सम्बन्धि राष्ट्रिय कार्ययोजना-२०७५ मा व्यापार घाटा कम गर्नका लागि नेपालको हिमाली क्षेत्रको मिनरल वाटर प्रशोधित पानी खाडी लगायत अन्य मुलुकमा निर्यात गर्न आवश्यक सहजिकरण गर्ने उल्लेख गरेको छ ।

यसका लागि १ वर्षको कार्यतालिका बनाएर काम गर्ने योजना सरकारको छ ।

सरकारले यस अगाडि कतारसँग पिउने पानी निर्यात गर्नका लागि छलफल समेत भइसकेको छ । गत चैत महिनामा खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच भेटवार्ता गरी हिमाली क्षेत्रको पिउने पानी कतारमा निर्यातका लागि महत्वपूर्ण छलफल समेत भएको थियो ।

उक्त अवसरमा नेपालबाट स्प्रिङ वाटर निर्यात गर्ने विषयमा दुबै देशका प्रतिनिधिहरुबीच थप छलफल गरेर अघि बढ्ने विषयमा छलफल भएको थियो ।

दुबै देशबीच त्यसका लागि विस्तृत अध्ययन गरी अगाडि बढाउने र दुबै देशबीच सम्झौतामा मस्यौदा तया पार्ने सहमति भएको थियो ।


क्लिकमान्डु