भारतमा बिक्री भएनन् ३५ लाख सवारी, मारुती, सुजुकी र महिन्द्राको उत्पादन बन्द



भारतका १० शीर्ष कार तथा टु ह्विलर्स निर्माता कम्पनीमध्ये ७ वटाले केही समयका लागि उत्पादन बन्द गर्ने भएका छन् । भारतीय बजारमा कार र टु ह्विलर्सको बिक्रीमा अत्यधिक कमी आएपछि उनीहरुले तत्कालका लागि उत्पादन बन्द गर्ने निर्णय लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कम्पनीका अनुसार उनीहरुले उत्पादन गरिसकेको इन्भिेन्ट्री अहिलेसम्म बिक्री भइसकेको छैन् । कम्पनीहरु पहिले उत्पादन भइसकेका सवारी साधन बिक्री गर्न चाहेका छन् । पहिले उत्पादन भइसकेका सवारी बिक्री भएपछि मात्रै नयाँ सवारी उत्पादन गर्ने उनीहरुको योजना छ ।

यो निर्णयले इन्भिेन्ट्री सकाउनका लागि सहयोग पुगे पनि अटोमोबाइल उद्योगले आफ्नो वृद्धिदर लक्ष्य भने पूरा गर्न सक्ने छैनन् । भारतको अटो बजारमा १८ वर्षयता कै सबैभन्दा कम सवारी बिक्री भएको यो पहिलो पटक हो ।

३० लाख टु–ह्विलर्स बिक्री भएनन

इकोनोमिक टाइम्समा प्रकाशित समाचार अनुसार सुरुवातमा जुन महिनाको सुरुवातमा ३५ हजार करोड भारतीय रुपैयाँ बराबरको ५ लाख प्यासेन्जर भेहिकल र १७.५ हजार करोड भारतीय रुपैयाँ बराबरका ३० लाख २ पांग्रे सवारी डिलरसिपमा थन्किएका छन् । तर ती सवारी बिक्री भएका छैनन् । प्लान्ट बन्द गर्ने कम्पनीमा मारुती सुजुकी, टाटा मोटर्स र महिन्द्रा एन्ड महिन्द्रा छन् ।

डिलर्सलाई भयो ठूलो घाटा
उत्पादन बन्द भएपछि मे र जुन महिनाको बीचमा उद्योगको आउटपुट २०–२५ प्रतिशतले घट्ने अनुमान गरिएको छ । तर यसको सबैभन्दा धेरै मारमा डिलर्सहरु परेका छन् । जसको इन्भेन्ट्रिमा सामान्य ५० प्रतिशत सम्म धेरै सवारी राखिएको छ । उनीहरुले ती सवारीमा लगाइएको जीएसटी मूल्य चुकाउनु परेको छ ।

यी कम्पनीका प्लान्टहरु बन्द हुनेछन
मारुती, महिन्द्रा र टाटा मोर्सले मे महिनामा केही दिन उत्पादन बन्द गरेका थिए । त्यस्तै, होन्डा कार इन्डिया, रेनाउल्ट निसान एलाइन्स र स्कोटा अटो कम्पनीले यो महिना ४ दिनदेखि १० दिनसम्म उत्पादन बन्द गर्ने निर्णय गरेका छन् । यो वर्ष मे महिनासम्ममा चार पांग्रे सवारी साधनको बिक्रीमा कमी आएको छ ।


क्लिकमान्डु