प्रधानमन्त्रीले पर्यटन मन्त्रालय सम्हालेयता भ्रष्टाचार बढेको बढ्यै छ- सांसद कँडेल



काठमाडौं । सांसद देवेन्द्र राज कडेँलले प्रधानमन्त्री केपी शर्मा ओलीलेसंस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सम्हालेयता भ्रष्टाचार बढेको बढ्यै गरेको आरोप लगाएका छन् ।

नेपाल एयरलाइन्सको वाइडबढी जहाज नेपालमा आएदेखि नै भ्रष्टाचारको घेरामा रुमल्लिएको भन्दै उनले अझैं ४ अर्ब ३५ करोड भ्रष्टाचारमा टुंगो नलागेकोमा आश्चर्य व्यक्त गरे ।

उनले भने, ‘बल्ल–बल्ल वाइढबडी लामो दुरीमा चल्ने आशा पलाएको थियो तर त्यो पनि हुन सकेन ।’ उनले जुलाई ४ तारिकदेखि जापानको ओसाका उडान भर्ने भने पनि स्थगित हुँदा प्रत्येक दिन डेढ करोढ घाटा भएकोब ताए । उनले प्रधानमन्त्री ओलीले उक्त मन्त्रालय सम्हालेयता निगमले साढे २ अर्ब घाटा व्यहोरेको आरोप लगाए ।

सन् २०१८ मार्च ११ मा ग्लोबल टेन्डर आहवान गरियो र त्यसमा ३ कम्पनी प्रवल पट, ग्यालियो र एमआईएसले प्रतिस्पर्धा गरेपनि प्रतिस्पर्धामा नआएको सेवा नामक कम्पनीलाई बुकिङको लागि जिम्मेवारी दिएको भन्दै भ्रष्टाचार मौलाएको बताए ।

‘पहिले टेन्डर गर्नेलाई नदिएर बिना टेन्डर नयाँलाई दिँदा ५ करोडको घोटाला भएको छ, यस्तो हुँदाहुँदै प्रधानमन्त्रीले कारबाही गर्न चाहनुहुन्न, कारबाही गर्दा आफैले पठाएको व्यक्तिको अनुहार हेर्न पर्ला भनेर उहाँले कारबाही नगर्नु भएको हो ?’ उनले प्रश्न गरे ।


क्लिकमान्डु