सांसदको प्रश्न: ५ दिनसम्म प्रधानमन्त्री कार्यालय कसले चलायो ?

क्लिकमान्डु २०७६ जेठ २९ गते १२:०२ मा प्रकाशित

काठमाडौं । सांसद पुष्पा भुसाल गौतमले प्रतिzनिधि सभाको बैठकमा ५ दिनसम्म प्रधानमन्त्री कार्यालय कसले चलायो ? भनेर प्रश्न गरेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओली यूरोप भ्रमण गएको ५ दिन पछि मात्रै कार्यवाहक प्रधानमन्त्री कसलाई दिएको भन्ने जानकारी आएको र यस अघि किन जानकारी नगराइएको भन्दै प्रश्न गरेकी छिन् ।

बैठकमा उनले प्रधानमन्त्री युरोप जाँदा कुन उद्देश्यको लागि विदेश जान लागेको हो त्यो संसदमा किन जानकारी नगराइएको भन्दै अर्को प्रश्न गरेकी छिन् । उनले संसदलाई गुमराहका राख्नुको कारण तत्काल माग समेत गरेकी छिन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स