ग्लोबल आइएमई बैंक र सन नेपाल लाइफ इन्सुरेन्सबीच सम्झौता




काठमाडौं । ग्लोबल आइएमई बैंक र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीबीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणा र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु के.सीले हस्ताक्षर गरेका छन ।

सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंकका १३७ वटै शाखाहरु मार्फत सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

त्यसै गरी बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १४६ शाखारहित बैकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु