ट्रिपर आतंक नियन्त्रण गर्न थप पहल गर्छौः गृहमन्त्री बादल

क्लिकमान्डु २०७६ जेठ २८ गते १२:०३ मा प्रकाशित


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले ट्रिपर आतंक नियन्त्रण गर्ने बताएका छन ।
प्रतिनिधिसभाको बैठकमा उठेका जिज्ञासा सम्बोधन गर्र्दै उनले ट्रिपर आतंकबारे धेरै गुनासो आएपछि सरकारले ट्रिपर चल्न पाउने सिमित समय तोकेको बताएका छन ।

जतिबेला पनि ट्रिपर बन्द गर्दा विकास निर्माण पनि अवरोध हुन सक्छ, विकास निर्माण अबरुद्ध नहुने गरी ट्रिपर सञ्चालनमा सरकारले नियमन गर्र्ने समेत उनले प्रष्ट पारे ।

ट्रिपरले धेरैको ज्यान लिएकाले जनताको सुरक्षा गर्नु सरकारको दायित्व रहेको समेत उनले बताए । ट्रिपरको विषयमा सरकारले पुन अवलोकन गरी निर्णय गर्ने उनको भनाई छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स