व्यवसायीले भने – मालवाहक सवारीलाई कार्यालय समयमा पनि चल्न दिनुपर्छ

469
Shares


काठमाडौं । मालवाहक सवारीलाई विहान ८ बजेदेखि साँझा ७ बजेसम्म चलाउन नदिने निर्णय विरुद्ध व्यवसायीहरुले आपत्ति जनाएका छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले कार्यालय समयमा सवारी नचलाउँदा घाटा हुने भन्दै विरोध गरेका छन् ।

एसोसिएसनले कार्यालय समय विहान १० बजेदेखि साँझ ६ बजेसम्म रहेको र सोही समयमा अन्तर्राष्ट्रिय विमान तालिका अनुसार डेलिभरी भ्यान प्रयोग गर्नुपर्ने भएकाले उक्त निर्णय त्रुटीपूर्ण रहेको बताएको छ ।
मुलुकमा बढ्दो व्यापार घाटा न्यूनिकरणका लागि सरकारले निर्यात प्रबद्र्धनका लागि काम गरिरहेको अवस्थामा उक्त निर्णय गलत भएको दाबी गरेको छ ।

साथै नेपाली निर्यातजन्य वस्तु बोकेका मालबाहक सवारी तथा डेलिभरी भ्यान अन्तर्राष्ट्रिय विमान तालिका अनुसार प्रयोग गर्नुपर्ने भएकाले यस व्यवस्थाले कार्गो व्यापारमा मात्र नभइ समग्र नेपाली निर्यात प्रबद्र्धनमा नै नकारात्मक प्रभाव पार्ने भएकाले सवारीलाई निर्वाद रुपमा सञ्चालनका लागि माग गरेका छन् ।

Skip This