विद्युतीय कार चलाउन कति खर्च लाग्छ ?



काठमाडौं । पेट्रोल र डिजेलबाट चल्ने कार हाम्रा लागि सामान्य नै भइसक्यो । तपाईंहाम्रा घर आँगनमा गुड्ने सवारीले चल्नका लागि इन्धनकारुपमा पेट्रोल र डिजल नै प्रयोग गर्छन् ।

तर पछिल्लो समयमा यसको विकल्पका रुपमा इलेक्ट्रिक सवारीको विकल्प खोज्न थालिएको छ ।

त्यसैले अचेल राजधानी र राजधानी बाहिरका सडकमा इलेक्ट्रिक स्कटुर, कार, टेम्पो यदाकता नदेखेको पनि होइन । सरकारले पनि विद्युतीय सवारीसाधनको प्रयोगलाई बढाउने नीति लिएको छ ।

तर यसको प्रयोगमा उतिसाह्रो वृद्धि भएको भने छैन ।

यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि विद्युतबाट चल्ने भनिएको साझा बसको उद्घाटन समेत गरे पनि यसले पनि प्रभावकारी निरन्तरता पाउन भने सकेको छैन ।

तर आजको विश्वमा इलेक्ट्रिक सवारीको विकल्पका बारेमा चर्को बहस भने निकै लामो समयदेखि भइरहेको छ । खर्चका हिसाबले सस्तो हुने र इन्धनको विकल्पका रुपमा लिइएको छ ।

तर के हामीले बहस गरे जस्तै यसको खर्च सस्तो र व्यवहारिक छ त ?

यही बहसले तातेको विश्वको अटो बजारका लागि यो प्रमुख प्रश्न बनेको । अहिले प्रयोगकर्ताहरु यस्ता सवारीलाई छोटो यात्राका लागि बढी प्रयो गरेको पाइन्छ ।

तर भविष्यमा इलेक्ट्रिक ट्रक र ठूला सवारी साधनको विकल्प पनि नखोजिएको भने होइन ।

वातावरणीय प्रदुषण कम गर्नका लागि मात्रै होइन, खर्चका हिसाबले पनि यो उपयुक्त छ भन्दै दाबी गर्दै आइएको छ । तर साच्चि नै कति खर्च लाग्छ त ?

कम्पेयर दि मार्केट डट कममा प्रकाशित समाचार अनुसार विकसित देश र कम विकसित देशमा यसको खर्च फरक पर्ने देखिएको थियो ।

अमेरिकाको कुरा गर्दा विश्व बजारमै सबैभन्दा धेरै इनर्जी क्षमता भएको हुनाले अमेरिकामा यसलाई ७औं सस्तो कारका रुपमा व्याख्या गरिएको थिया ।

मोडल एस कारको कुरा गर्दा तपाईलाई १३ अमेरिकी डलरमा १ माइल यात्रा गर्न पुग्छ । त्यस्तै, चिलीमा इलेक्ट्रिक कार चलाउनुहुन्छ भने ७ बक्स को खर्चमा तपाईले फूल चार्ज गर्न सक्नुहुन्छ । यही खर्च डेनमार्कका ड्राइभरहरुका लागि ३४ अमेरिकी डलर पुग्छ ।

अष्ट्रेलियन,क्यानेडियन, कोरियनहरुका लागि अमेरिकामा जस्तै खर्च गरे मात्रै इलेक्ट्रिक कार चलाउन सक्छन् ।

फिनल्याण्ड र चिलिमा यस्ता कार चलाउनका लागि १४ देखि २६ अमेरिकी डलर खर्च लाग्छ । अमेरिकामा इनर्जीको खर्चको कुरा गर्दा ०.२३ अमेरिकी डलरमा १ किलोवाट किन्न पाइन्छ । त्यस्तै, अमेरिका कै क्यार्लिफोनियामा १ किलोवाट इनर्जीका लागि २० सेन्ट भए पुग्छ ।

नेपालमा वर्षेनि पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीका साधनका कारण १ खर्ब ३० अर्ब रुपैयाँ बाहिरिरहेको छ । त्यसैले इलेक्ट्रिक सवारीको प्रयोग बढाउने हो भने हाम्रो व्यापार घाटामा पनि कमी आउनेछ ।

अहिलेसम्म सरकारले विद्युतीय सवारी साधनमा लगाउँदै आएको अन्तःशुल्क समेत १० प्रतिशतमा झारेको छ ।

नेपालमा पेट्रालियम पदार्थको प्रयोगबाट औसत प्रतिकिलोमिटर १० रुपैयाँदेखि १५ रुपैयाँ खर्च गर्नुपर्छ भने इलेक्ट्रिक कार प्रयोग गर्दा प्रतिकिलोमिटर ३ देखि ५ रुपैयाँसम्म खर्च आउँछ ।

त्यस्तै, ममर्तमा पनि खर्च कम हुन्छ । पेट्रोल र डिजेल कारमा २ हजारभन्दा बढी पिस मुभिङ पार्टस् जडान गरिएको हुन्छ भने इलेक्ट्रिक कारमा जम्मा २० वटा मात्रै पार्टको प्रयोग भएको हुन्छ ।

चार्जिङ स्टेशनको व्यवस्था गर्न सकेको खण्डमा नेपालमा पनि विद्युतीय सवारीसाधानको प्रयोग बढ्नेमा कुनै शंका छैन ।


क्लिकमान्डु