र्याफ्टिङमा पर्यटकको रुचि, नदीको फोहोर बाधक



काठमाडौं । त्रिशुली नदिमा जलयात्रा आयोजना सम्पन्न भएको छ । शनिबार नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले ३१ औं वार्षिक र्याफ्टिङ महोत्वसका अवसरमा जलयात्रा आयोजना गरेको थियो ।

जलयात्रा धादिङ जिल्लाको आदमघाटबाट सुरु भइ मलेखुमा पुगेर टुंगिएको थियो । जलयात्रा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको छ । यतिबेला जलयात्रा अन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने माध्यमको रुपमा विकास भइरहेको छ ।

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउन लागेको छ । त्यसका लागि पनि जलयात्रा महत्वपूर्ण हुने र पर्यटक आगमन बढ्ने व्यवसायीको आंकलन छ । नाराले प्रत्येक वर्ष त्रिशुली नदीमा जलयात्रा उत्साव मनाउँदै आएको छ । जलयात्राका लागि यो नदी निकै महत्वपूर्ण मानिने गरेको छ ।

यो काठमाडौंबाट नजिकै पर्ने भएकाले पनि त्रिशुली नदीमा आकर्षण बढेको हो । त्रिशुलीमा जति आकर्षण बढ्दै गएको छ, त्यती नै यहाँको फोहोर व्यवापन चुनौतीको विषय बन्दै गएको छ ।

जलयात्रा सुरु हुने स्थान आदमघाट सामान्य भएपनि अन्तिम गन्तव्य मलेखु भने फोहोरका कारण दुर्गन्धित नै छ । फोहोर व्यवस्थापन तथा ढल निकास व्यवस्थित नहुँदा जलयात्रा गर्नेहरुले निकै समस्या व्यहोर्नुपर्ने बाध्यता रहेको छ । जलयात्रा अवधिभर लिएको आनन्द अन्तिम समयमा सबै बिर्सने र यात्रुको मानस्पटलमा दुर्गन्ध मात्र बाँकी रहने गरेको छ ।


क्लिकमान्डु