बढी लाभांश दिने नेपाल लाइफ, सेयर मूल्य बढी हुने एलआइसी



काठमाडौं । सेयर बजारमा अन्य कम्पनीहरुको जस्तै बीमा कम्पनीको पनि एक प्रकारको ठूलै हिस्सा रहेको छ ।

बजारमा गिरावट आउँदा पनि भारी मात्रामा बीमा कम्पनीहरुको र सुधार देखिँदा पनि धेरै मात्रामा बीमा कम्पनीहरुको नै अधिकांश समय घटबढ हुने गरेको छ ।

बीमा कम्पनीमध्ये जीवन बीमा कम्पनीको साधारण सेयरमा लगानी गर्ने लगानीकर्ताहरुलाई घाटा भने छैन । नाफामा नै छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी सेयर मूल्य लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)को छ ।

एलआइसीको सेयर मूल्य प्रतिकित्ता १६७५ रुपैयाँ छ । यो कम्पनीले आर्थिक वर्ष २०७२/०७३ यता लगानीकर्तालाई लाभांश दिएको छैन । सो आव लगानीकर्तालाई २६.१ प्रतिशत लाभांश दिएको छ ।

यस्तै सबैभन्दा कम सेयर मूल्य एशियन लाइफ इन्स्योरेन्सको प्रतिकित्ता ४०१ रुपैयाँ मात्रै रहेको छ । उक्त इन्स्योरेन्स कम्पनीले आव २०७३/०७४ मा लगानीकर्तालाई जम्मा ४ प्रतिशत मात्र लाभांश दिएको थियो ।

यो अवधिमा लगानीकर्तालाई सबै भन्दा बढी लाभांश दिने इन्स्योरेन्स कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स छ । नेपाल लाइफले आर्थिक वर्ष २०७३/०७४ मा लगानीकर्ताहरुलाई ७०.५३ प्रतिशत लाभांश दिएको छ । नेपाल लाइफको अन्तिम सेयर मूल्य प्रतिकित्ता ९२० रुपैयाँ छ ।


क्लिकमान्डु