भारतीय वियरमा भुटानको पानी, नेपालमा पनि छ सम्भावना



काठमाडौं । भारतीय वियर कम्पनीहरु यतिबेला आफ्ना प्रोडक्टमा भुटानको पानीको स्वाद मिसाउन चाहन्छन् । भुटानका पहाडमा प्राकृतिक झरनाबाट बग्ने कलकल पानीको स्वाद भारतीय वियरमा मिसाउनका लागि कम्पनीहरु लालायित छन् ।

भूगोल बनोटका हिसाबले नेपाल जस्तै मानिने भुटानमा भारतीय वियर कम्पनीहरु यसरी लालयित हुन्छन भने नेपालमा किन हुन सक्दैनन त ? भुटानमा बग्ने पानी र नेपालका पहाडी क्षेत्रमा अग्ला झरनाबाट बग्ने पानीको स्वच्छन्दता फरक छैन् । कत्ति पनि स्वादमा कम छैन बरु बढी नै होला ।

नेपालमा विदेशी लगानी भित्र्याउनका लागि लगानी सम्मेलन गरिसक्दाका दिनमा पानी बेचेर पैसा कमाउने यो उपाय पनि अर्को विकल्प हुन सक्छ । निकटताका हिसाबले पनि भुटान र नेपाल भारतका छिमेकी मुलुक हुन । अझ त्यसमाथि नेपालसँग त खुला सिमाना पनि छ । एक–अर्काका देशमा जानका लागि भिसा चाहिँदैन यसले व्यापारमा पनि सहजता ल्याउन सक्छ ।

भारतीय कम्पनीहरु भुटानको प्राकृतिक झरनाको पानीबाट आफ्नो ब्राण्डलाई अन्य ब्राण्डभन्दा फरक बनाउने उपाय खोजिरहेका छन् । उनीहरुले यसबाट वियरमा राम्रो मूल्य पाउन सक्ने अनुमान उनीहरुको छ ।

भारतका अल्फा र कटि पतङ जस्ता वियर कम्पनीहरु ‘मेड इन भूटान’ वियर बिक्री गर्न सुरु पनि गरिसकेका छन् । जबकी सिम्बा, अरबोर ब्रुइङ कम्पनी ह्वाइट राइनोले भुटानमा कम्पनी स्थापना गर्न खोजिरहेका छन् ।

भारतको क्राफ्ट वियर कम्पनी पहिले पनि खास गरी हेफेजाइन र विटवियर जस्ता गहुँ वियर क्याटागोरीका जर्मनी र बेल्जियम जस्ता देशमा भर परिरहेका छन् । अहिले भारतको वियर उद्योगको करिब २÷३ प्रतिशत स्वेदेशी वियरको छ ।
भुटानमा कारोबार सुरु गर्नका लागि अर्को सहजता के हो भने कम्पनी स्थापना गर्नका लागि सहज छ । भारतीय बजारको विश्लेषण मान्ने हो भने क्राफ्ट वियरको कन्ट्रयाक बु्रइङ तथा बटलिङ भारतीय बजारको तुलनामा भुटानमा लाइसेन्स लिन धेरै सजिलो छ ।

अल्फा ब्राण्डका मालिक पञ्जावको मेडम्याक्स ब्रुइङ कम्पनीको अभिषेक दहियाका अनुसार भारतमा बेयर फ्याक्ट्री लगाउनका लागि निकै गाह्रो छ । यसको लाइसेन्स धेरै महंगो पर्छ । सरकारी संस्थाको चक्कट काट्नुसँगै अधिकारीहरुसँग पनि डिल गर्नुपर्छ ।

त्यस्तै, भुटानमा सबै प्रक्रिया छोटो समयमै पूरा हुन्छ । युरोप तथा बेलायतको कुरा गर्दा त्यहाँबाट सिपमेन्ट गर्दा २ महिना लाग्छ भुटानबाट कारोबार सुरु गर्नुको अर्थ हो यहाँ पनि समय बचन हुन्छ ।


क्लिकमान्डु