नेपाल साहसिक पर्यटनको उत्कृष्ट गन्तव्यः प्रम ओली

क्लिकमान्डु २०७६ जेठ २४ गते १८:३१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालयको देश नेपाल प्राकृतिक सौन्दर्य,जैविक विविधता तथा साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य भएको बताएका छन् । हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करणको उद्घाटन गर्दै ओलीले यस्तो बताएका ह्ुन् ।

उनले असिमिति पर्यटकीय उत्पादनलाई उजागर गर्न मार्ट उपयुक्त माध्यम भएको बताए । प्रधानमन्त्री ओलीले नेपालको आर्थिक समृद्धिमा पर्यटनको महत्वपूर्ण योगदान रहने र सरकारले समेत पर्यटनलाई उच्च प्राथमिकतामा राखेको बताए । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न समेत सहयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पर्यटन राज्यमन्त्री धन बहादुर बुढाले मार्टले सरकार पर्यटनको विकासको लागि प्रतिवद्ध रहको बताउँदै मार्टले नेपाल भ्रमण वर्ष २०२० को प्रर्वद्धन गर्न सहयोग पुगने बताए । नेपाली पर्यटन क्षेत्रकै ठूलो मेलाका रुपमा लिइने ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण बिहीबारदेखि सुरु भएको छ ।

नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सवल पर्यटनमैत्री गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका साथ सन् २०१७ देखि नेपालमा ‘मार्ट’ को आयोजना हुदैं आएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्रावल एशोसियसन (पाटा) ले सो ‘मार्ट’ आयोजना गर्दै आएको हो ।

कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले हिमालयन ट्राभल मार्ट क्रमशः ब्राण्डिङ हुँदै आइरहको बताए । उनले नेपालको पर्यटन विकासको लागि पूर्वाधार विकास,नतिगत सुधार तथा जनशक्ति विकासमा ध्यान दिन सरकारलाई आग्रह गरे । उनले नेपालको पर्यटन विकासमा निजी क्षेत्र सधै सक्रिय रहेको बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले मार्ट नेपालमा सार्वजनिक निजी साझेदारीको उपयुक्त नमुना भएको बताए ।

पाटा इन्टरनेशनलका उपाध्यक्ष वोङ्ग सुन ह्वाले नेपालको विकासमा पर्यटन महत्वपूर्ण माध्यम भएको बताउँदै नेपालको पर्यटन विकासमा पाटा इन्टरनेशनल सधै साथमा रहको बताए ।

मार्टमा पर्यटन क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिहरुबाट नेपालको पर्यटनका विविध पक्षमाथि अन्तरक्रिया तथा बी टु बी मिटिङ्ग आयोजना हुने पाटा नेपाल च्याप्टरका महासचिव विभुति चन्द ठाकुरले जानकारी दिए ।

सम्मेलनमा नेपालसहित ४३ देशका करिब ७०० को सहभागिता रहेको छ । यसअघि सन् २०१७ सालमा ५३ देशका २२५ विदेशी प्रतिनिधि र सन् २०१८ मा सम्पन्न भएको ‘मार्ट’मा ३६ देशका १७० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । सोल्टी क्राउन प्लाजामा बिहीबार देखि शुरु भएको मार्ट आइतबारसम्म चल्ने छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स