अब इलेक्ट्रिक स्कुटर दर्ता बिना चलाउन नपाइने



काठमाडौं । अब उप्रान्त इलेक्ट्रिक स्कुटरहरु चलाउनका लागि दर्ता गर्नुपर्ने भएको छ । यस अगाडि बिना दर्ता सडकमा गुडिरहेका यान्त्रिक शक्तिबाट चल्ने इलेक्ट्रिक स्कुटरलाई अनिवार्य गर्दा गर्नका लागि सरकारले निर्देशन जारी गरेको छ ।

सरकारले नेपालभित्र ल्याएको मितिले १५ दिनभित्र दर्ता गराउनका लागि निर्देशन दिएको छ ।

निर्देशनमा भनिएको छ, ‘कुनै पनि सवारी खरिद गर्ने वा विदेशबाट पैठारी गर्ने व्यक्ति फर्म वा कम्पनी वा सवारी बिक्री वितरण गर्ने एजेन्टले खरिद गरेको वा पैठारी गरी नेपालभित्र ल्याएको मितिले १५ दिनभित्र अधिकारप्राप्त अधिकारी समक्ष दर्ता गराउनु पर्दछ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात विभागले दर्ता नभइ सञ्चालनमा आएको खण्डमा त्यस्ता सवारी साधनलाई यातायात व्यवस्था ऐनको दफा १६० को उपदफा (२)को खण्ड (ख) बमोजिम कारबाही गर्नका लागि ट्राफिक प्रहरी निर्देशनालयलाई निर्देशन दिएको छ ।


क्लिकमान्डु