अप्रिलिया स्ट्रोम स्कुटर सार्वजनिक, यस्ता छन मूल्य र विशेषता (भिडियोसहित)




काठमाडौं । उच्चस्तरीय इटालियन रेसिङ्ग टेक्नोलोजिमा निर्मित अप्रिलिया स्ट्रोम स्कुटर नेपालमा सार्वजनिक भएको छ । नेपाल र भारतमा एकैपटक सार्वजनिक गरिएको अप्रिलिया स्कुटरलाई दुगड ब्रदर्श एण्ड सन्स प्रा.लि ले नेपाली बजारमा सार्वजनिक गरेको हो ।

१२५ सि.सि क्षमतामा निर्मित उक्त स्कुटरमा आधुनिक प्रविधिको थ्रि भल्ब इन्जिन जडान गरिएको छ । ग्राहकले यो स्कुटर म्याट रातो र पहेंलो आकर्षक ग्राफिकमा पाउने छन । आधुनिक प्रविधिसँगै यो स्कुटरमा रहेको मुख्य आकर्षण टायर हो । १२ इन्चको फराकिलो स्पोर्टस अलोय हिवल टायर भएका कारण यसलाई अनरोड र अफरोड दुबै बाटोका लागि प्रयोग गर्न सकिने कम्पनीको दावी छ ।

दुगड ब्रदर्श एण्ड सन्स प्रा.लिका उपाध्यक्ष विबेक दुगडका अनुसार नेपाली बजारका लागि अप्रिलिया स्ट्रोमको मूल्य आगामी असार मसान्तसम्मका लागि २ लाख २४ हजार ९ सय रुपैंयाा कायम गरिएको छ ।

यसलाई पहिलो क्रसओभर स्कुटरका रुपमा कम्पनीले लिएको छ ।


क्लिकमान्डु