प्राइम बैंकले ललितपुर फाइनान्स एक्वायर गर्ने, शुक्रबार सम्झौता, स्वाप रेसियो २० प्रतिशत
काठमाडौं । प्राइम कमर्शियल बैंक मर्जर तथा एक्वायरमा एग्रेसिभ बनेको छ ।
बुधबार मात्रै कन्काइ विकास बैंकलाई एक्वायर गर्ने सम्झौता गरेको प्राइम बैंकले त्यसको २ दिनपछि अर्थात् शुक्रबार ललितपूर फाइनान्ससँग एक्वायरको सम्झौता गर्दैछ ।
‘शुक्रबार प्राइम र हामीबीच एक्विजिसन सम्झौता हुँदैछ,’ ललितपुर फाइनान्सका एक सञ्चालकले क्लिकमाण्डूसँग भने ।
कन्काइलाई दुलही बनाएर भित्र्याउँछौं: प्राइम, हुर्काएकी छोरी जिम्मा लगायौं: कन्काइ, स्वाप कति ?
स्रोतका अनुसार शुक्रबार ३ बजे प्राइम बैंकको मुख्य कार्यालय कमलपोखरीमा दुई बैंकका अधयक्षले एक्विजिसनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्दैछन् ।
ललितपुर फाइनान्स आफ्नो सेयर २० रुपैयाँका दरले प्रांइम बैंक बेच्न तयार भएका हुन् ।
‘स्वाप रेसियो २० प्रतिशत गर्ने समझदारी भएको छ,’ स्रोतले भन्यो ।
जसअनुसार ललितपुर फाइनान्समा १०० कित्ता सेयर हुने सेयरधनीले एक्वायरपछि प्राइम बैंकको २० कित्ता सेयर पाउने छ ।
ओम अर्कैसँग गएपछि जोडी खोज्न तात्यो प्राइम बैंक, डेढ दर्जन संस्थासँग मर्जरको छलफलमा
कन्काइ विकास बैंकलाई भने प्राइमले ७१ रुपैयाँ दिने भएको हो ।
त्यस्तै, प्राइम बैंकले कैलाश विकाश बैंकसँग पनि एक्विजिसनको तीब्र तयारी गरिरहेको छ । स्रोतका अनुसार प्राइम बैंक कैलासलाई ९० रुपैयाँ दिन तयार भएको छ ।
ओम अर्कैसँग गएपछि जोडी खोज्न तात्यो प्राइम बैंक, डेढ दर्जन संस्थासँग मर्जरको छलफलमा
कैलाशले सकरात्मक जवाफ दिएपनि कन्फर्मेशन भने दिएको छैन । कैलाशले शुक्रबारसम्ममा निधो दिने भनेको छ ।