क्लाइम्बिङ स्पोर्टस एसोसिएसनमा धरेल निर्वाचित




काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसनले हरि धरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार संघको पाँचौ साधारण सभामार्फत नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा सुनार गुरुङ, सम्पन्न थाकथुम्बा, प्रेम नारायण अधिकारी, महासचिवमा मेघराज पौड्याल, सचिवमा ठाकुर न्यौपाने, कोषाध्यक्षमा दोरिन्द्र राज दाहाल निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा दिपेश केसी, लाक्पा शेर्पा, सन्तोष मादेन, केशव सापकोटा, चारु श्रेष्ठ, अन्जु रावत, सुजित कंडेल, हरेराम खड्का र तुल्सिङ्ग गुरुङ निर्वाचित भएका छन् ।

एसोसिएसनले बिगत ९ वर्षदेखि नेपाली खेलकुदको क्षेत्रमा क्रियाशील रही आएको छ ।


क्लिकमान्डु