राजधानीमा प्रदुषणयुक्त सवारी बढी, ५१ मध्ये ३१ परे कारबाहीमा



काठमाडौं । राजधानीको वातावरण प्रदुषित बन्दै गएसँगै नेपाल प्रहरीले सवारी चेकजाँच सुरु गरेको छ । प्रदुषण नियन्त्रण सम्बन्धि कारबाहीमा ५१ सवारीमा ३१ वटा फेल भएका छन् ।

फेल भएका सवारी साधनलाई कारबाही गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

सवारी साधनले कार्वन मनोअक्साइड र हाइड्रो कार्वन फाल्ने गर्छ । राम्रो अवस्थामा रहेको इन्जिनले हाइड्रो कार्वन कम फाल्छ ।

सवारी साधनले फालेको धुँवा पार्टिकुलेट म्याटर पीएम २.५ र पार्टिकुलेट म्याटर पीएम १ भन्दा सानो हुने भएकाले जति सानो कण उत्ति नै शरीरलाई क्षति पुर्याउँछ ।


क्लिकमान्डु