रोयल इनफिल्डको नयाँ मोडल बजारमा आयो, हेर्नुहोस कति पर्छ मूल्य ?



काठमाडौं । रोयल इनफिल्ड क्लासिक ३५० सिसी क्षमताको नयाँ मोडल BS IV  बजारमा आएको छ ।

नेपालको आधिकारिक बिक्रेता एभ.भी दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रालिले मंगलबार उक्त मोडेल नेपाली बजारमा  सार्वजनिक गरेको हो ।

रोयल इनफिल्डको BS IV , Gunmetal Grey with Rear Disc Brake नेपाली बजारमा आएको हो । Royal Enfield 350cc Gunmetal Grey, Sporty Look, Mat Finish, Rear Disc Brake सहित विशेषता उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले मुलुकभर १९ वटा शाखा तथा डिलरमार्फत बिक्री सुरु गरेको हो ।

नयाँ मोडलको मूल्य ५ लाख १५ हजार रुपैयाँ तोकिएको छ । यो रकम केही समयका लागि मात्रै भएको कम्पनीले जानकारी दिएको छ ।

विश्वबजारमा चर्चित तथा निकै पुरानो बाइकका रुपमा रहेको यस बाइकले विगत ५ वर्षदेखि ४० प्रतिशतका दरले बजार वृद्धि गरिरहेको कम्पनीको दाबी छ ।


क्लिकमान्डु