एक वर्षदेखि कमलाको मेहनत, जसले ३ लाख व्यवसायीलाई जोगायो



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेटबाट उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यहरुमा सबैभन्दा बढी खुसी कमला श्रेष्ठ छन् । नहुन पनि किन, उनले एकवर्षदेखि उठाउँदै आएको माग यो पटक अर्थमन्त्री खतिवडाले बजेटमा पुरा गरिदिएका छन् ।

गत आर्थिक वर्षको बजेट सौन्दर्य कला व्यवसायीको लागि झड्का नै दिने खालको थियो ।

बामपन्थी सरकारको पहिलो बजेट जसलाई अर्थतन्त्रका जानकार अर्थमन्त्री खतिवडाले पेश गरेका थिए ।

अर्थमन्त्री खतिवडाले बजेटबाट सौन्दर्य कला व्यवसाय अर्थात ब्युटी पार्लरलाई मूल्य अभिबृद्धि कर (भ्याट)को दायरामा ल्याइदिइएको थियो ।

वस्तु तथा सेवामा भ्याट लगाउने नियम अनुसार सेवा व्यवसाय ब्युटिपार्लरमा भ्याट लगाउने निर्णय जायजपनि थियो । तर, अरु सेवा व्यवसाय जस्तो ब्युटी पार्लरमा भ्याट लगाउन सहज थिएन ।

भ्याट लगाउने निर्णयपछि सबैभन्दा असजिलो सौन्दर्य व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघकी कार्यकारिणी सदस्य कमला श्रेष्ठलाई भयो ।

गतवर्षको जेठ १५ को निर्णयसँगै साउनदेखि कर कार्यालय ब्युटीपार्लरलाई भ्याटमा आउनको लागि आग्रह गरे ।

सरकारको भ्याट लगाउने नीतिले एकवर्षको अवधीमा देशभरमा करिब ३ हजार ब्युटीपार्लर बन्द भएको श्रेष्ठ बताउँछिन् ।

साउनदेखि कर कार्यालय ब्युटीपार्लरलाई भ्याटमा आउनको लागि आग्रह गरे ।

सरकारको भ्याट लगाउने नीतिले एकवर्षको अवधीमा देशभरमा करिब ३ हजार ब्युटीपार्लर बन्द भएको श्रेष्ठ बताउछिन् ।

‘भ्याट लगाउने निर्णयसँगै यसलाई हटाउनको लागि सारै दुःख गर्नुपर्यो, मन्त्रालयका अधिकृतदेखि प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाउनुपर्यो,’ श्रेष्ठले अनुभव सुनाउँदै भनिन् ।

ठूलो आकारमा सौन्दर्य व्यवसाय गर्नेहरु औलामा गन्न मिल्ने भएको भन्दै गतवर्ष सरकारले लिएको गलत नीतिको कारण ३ हजार व्यवसायी पलायन हुनुपरेको श्रेष्ठ बताउछिन् ।

‘बच्चालाई काखमा राखेर महिलाहरुले यसबाट उद्यमी बन्न सिक्दैथिए, भ्याटको झन्झटले व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था आयो,’ श्रेष्ठले भनिन् ।

श्रेष्ठले पछिल्लो एकवर्षमा करका अधिकारीहरु भेट्दा दिने जवाफ हुन्थ्यो, ‘उपभोक्ताले तिर्ने भ्याट हटाउन किन लाग्नु भएको छ, तपाईहरुले तिनुपर्ने होइन ।’

सैद्दान्तिक हिसाबले कर कार्यालयका अधिकृत देखि अर्थमन्त्रालयका अधिकारीहरुको जवाफ ठिक थियो । किनकी भ्याट लाग्ने भनेको वस्तु तथा सेवा उपभोग गर्दा हो ।

तर, सानो भन्दा सानो तरिकाले चलाउने ब्युटिपार्लरले न हिसाब राख्न जानेको थिए न भ्याट दिन । जसले गर्दा धेरै नै ठूलो व्यवहारिक कठिनाई ब्युटीपार्लर व्यवसायमा आएको थियो । हिसाब राख्न नजान्ने हुँदा भ्याटको क्रेडिट लिने तरिका धेरै व्यवसायीलाई जानकारी नै थिएन ।

एकवर्षको लबिङपछि यो पटक अर्थमन्त्री खतिवडालाई अघिल्लो पटक ब्युटीपार्लरमा लाग्ने भ्याटको निर्णय सच्चाउदै यसमा नलाग्ने बनाए ।

‘हाम्रो माग एकवर्षपछि सुनुवाई गरेकोमा प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई धन्यवाद्, जसले ३ लाख महिला व्यवसायीलाई जोगाउनको लागि मद्दत पुगेको छ,’ श्रेष्ठले भनिन् ।


क्लिकमान्डु