७ प्रदेशका १ हजारभन्दा धेरै ठाउँमा एनसेलको फोरजी सेवा



काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले देशका सातैवटा प्रदेशका १ हजारभन्दा धेरै स्थानमा चौथो पुस्ताको मोबाइल सेवा फोरजी÷लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार गरेको छ ।

एनसेलले आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका १,००० भन्दा बढी स्थानमा बसोबास गर्ने नेपालीहरुको पहुँचमा पुगेकोे दाबी गरेको छ । प्राय सबै शहरहरु र शहरीक्षेत्र भन्दा बाहिर रहेका ग्राहकहरुले पनि द्रुतगतिको मोबाइल ब्रोडव्याण्ड सेवामा पहुँच हुने कम्पनीले जनाएको छ ।
“एनसेलको फोरजी नेटवर्कले सरकारद्वारा बजेटमा घोषणा गरिएको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा योगदान गर्ने कुरामा कम्पनी विश्वस्त रहेको समेत कम्पनीले बताएको छ । साथै यसले ब्रोडव्याण्ड पुर्वाधार तथा उच्चगतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडव्याण्ड नीति अनुरुप रहेको समते बताइएको छ ।

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले दु्रतगतिको मोबाइल ब्रोडव्याण्ड सेवाको लाभ लिन सक्नेछन् । फोरजी÷एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सहयोग पुग्नेछ ।

विं.सं २०७४ बाट एनसेलले आफ्नो फोरजी सेवा काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा शुरु गरेको थियो । अब यो सेवा बिराटनगर, इटहरी, जनकपुर, भरतपुर, भैरहवा, बुटवल, बागलुङ्ग, नेपालगञ्ज, तुल्सीपुर, तम्घास, पाल्पा, कृष्णनगर, बर्दिबास, राजविराज, मलङ्गवा र घनकुटा लगायत अन्य धेरै शहरहरु सहित १,००० भन्दा बढी स्थानहरुमा उपलब्ध छ ।


क्लिकमान्डु