रिलायन्स लाइफको ६३ लाख कित्ता आइपिओ छिट्टै



काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६३ लाख कित्ता आइपिओ जारी गर्ने भएको हो ।

सर्वसाधारण लगानीकर्तामा सेयर निष्काशन गर्नका लागिकम्पनीले सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

सानिमा क्यापिटल सीइओ मनिष नारायण जोशी र रिलायन्स लाईफ इन्स्योरेन्सका सीइओ प्रवीण रमण पराजुलीले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।


क्लिकमान्डु