धुर्मुस सुन्तलीले बनाउँदै गरेको रंगशालामा डोजर चलेपछि बोलिन भरतपुर महानगरकी मेयर रेणु
काठमाडौं । भरतपुर महानगरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तार बार लगाइएको स्थानमा डोजर चलाइएपछि महानजगर प्रमुख रेणु दाहालले कडा प्रतिक्रिया दिएकी छिन् ।
यही जेठ १५ गते विबहान महानगरको वडा नं १५ मा निर्माण हुन लागेको रंगशालामा केही अराजक व्यक्तिले तोडफोड गरेका थिए । तोडफोड कार्यमा संलग्नलाई तत्काल कारवाहीको दायरामा ल्याई उनीहरुबाटै बिगो भराई कारवाही गर्न समेत माग गरिएको छ ।
उनीहरुलाई कडा कारवाही गर्न महानगरले सुरक्षा निकायलाई आग्रह समेत गरिसकेको छ । रंगशाला निर्माणमा लागि महानगरका तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराउने उनको प्रतिवद्धता छ ।
डोजर लगाएको अभियोगमा प्रहरीले प्रकाश कडेललगायतलाई पक्राउ गरिसकेको छ । कडेलकै योजनामा तार बार लगाइएको क्षेत्रमा डोजर लगाइएको प्रहरीको अनुसन्धाबाट खुलेको छ । उनी स्थानीय नेकपाका कार्यकर्ता समेत हुन् ।