सवारी साधनमा बढेन कर, कुन सवारीमा कति लाग्छ अन्तःशुल्क ?



काठमाडौं । हरेक वर्ष कर बढाइने सवारी सधानमा यसपटकको बजेटमा भने बढाइएको छैन् । विलासी साधनका रुपमा लिइने सवारीसाधनको करमा कुनै पनि परिमार्जन नगर्दा उपभोक्तालाई राहत भएको छ ।

बुधबार संघीय संसदमा आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रस्तुत बजेटमा अर्थमन्त्रीले कुनै पनि परिवर्तन गरेनन् । साथै सवारीसाधनमा गत वर्षकै कर कायम गरिएको अर्थ विधेयकमा उल्लेख गरिएको छ ।

व्यवस्था अनुसार डिजेल र अर्ध डिजल भएका सवारी सधानमा १५०० सिसीसम्म ६० प्रतिशत अन्तःशुल्क लाग्छ । त्यस्तै, १५०१ सिसीदेखि २००० सिसीसम्म ७० प्रतिशत, २००१ सिसीदेखि २५०० सिसीसम्म ८५ प्रतिशत, २५०१ सिसीभन्दा माथि सिसी क्षमता भएका सवारीमा १०० प्रतिशत अन्तःशुल्क लाग्दै आएको थियो ।

त्यस्तै, अन्य सवारीसाधनको हकमा १००० सीसी क्षमताभन्दा कम भएका सवारी साधनका लागि ६० प्रतिशत अन्तःशुल्क लाग्छ । भने १००१ सिसी क्षमतादेखि १५०० सिसीसम्म ६५ प्रतिशत, १५०१ सिसी क्षमतादेखि २००० सिसीसम्म ७० प्रतिशत, २००१ सिसी क्षमतादेखि २५०० सिसीसम्म ८० प्रतिशत, २५०१ सिसी क्षमतादेखि ३००० सीसीसम्म ९० प्रतिशत र ३००१ सिसी क्षमतादेखि माथि सिसीमा १०० प्रतिशत अन्तः शुल्क लाग्छ ।


क्लिकमान्डु