बजेटमार्फत् अर्थमन्त्रीले घटाइदिए यी मोटरसाइकलको मूल्य



काठमाडौं । बजेटका कारण केही मोटरसाइकलको मूल्य घट्ने देखिएको छ ।

सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेटले १५५ सिसी क्षमतासम्मको मोटरसाइकललाई एउटै समूहमा राखेर अन्तःशुल्क कायम गरेपछि केही मोटरसाइकलको मूल्य घट्ने भएको हो ।

यसअघि ५० सिसीभन्दा माथि १५० सिसी क्षमतासम्मको एउटा समूह र अर्को समूहमा १५५ सिसी क्षमतादेखि २५० सिसी क्षमताको मोटरसाइकललाई अर्को समूहमा राखिएको थियो ।

तर आर्थिक विधेयकमा न्यूनतम ५० देखि १५५ सिसी क्षमतालाई एउटै समूहमा राखी अन्तःशुल्क कायम गरिएको छ ।

विधेयकका १५५ सिसी क्षमतासम्मका मोटरसाइकलमा ४० प्रतिशत अन्तः शुल्क लाग्नेछ । साथै १५५ सिसी क्षमता नाघेको र २५० सिसी क्षमताको मोटरसाइकलमा ५० प्रतिशत अन्तःशुल्क लाग्नेछ ।

जसको फाइदा यामाहा ब्राण्डको आर १५ भी ३, सुजुकी ब्राण्डको जिक्सर १५०, सुजुकी जिक्सर १५० एसएफ मोटरसाइकलमा पुगेको छ । यस अगाडि ५० प्रतिशत अन्तः शुल्क लाग्नेमा अब ४० प्रतिशत मात्रै अन्तःशुल्क बुझाए पुग्ने भएको हो ।

तर अन्तः शुल्क १० प्रतिशतले कम भए पनि व्यवसायीहरुले कसरी मूल्य निर्धारण गर्छन सोही अनुसार मूल्य घट्ने वा यथावत रहने थाहा हुनेछ ।


क्लिकमान्डु