सार्वजनिक स्थानमा धुम्रपान, मध्यपान पुर्णतया निषेधित गरिने
काठमाडौ । सरकारले सार्वजनिक स्थानमा धुम्रपान, मध्यपान पुर्णरुपमा निषेधित गर्ने भएको छ ।
संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक्त कुरा बताएका हुन । स्वस्थ समाज, स्वस्थ स्वास्थ्यलाई मुर्त रुप दिन यो कदम चालिएको उनको भनाई छ ।
यसअघि पनि सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने नियम ल्याएपनि कार्यान्वयनमा समस्या देखिएको छ।