स्कलु पढ्ने बालबालिकालाई खाजा खर्चका लागि ५ अर्ब बजेट, आमामार्फत् दिइने
काठमाडौं । सरकारले स्कुल पढ्ने बालबालिकालाई खाजा खर्चका लागि ५ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तु गर्दै यस्तो जानकारी दिए ।
यसरी दिइने खाजा खर्च विद्यार्थीका आमामार्फत दिइने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
शिक्षालाई विषेश प्राथमिकताका साथ बजेट बिनियोजन गरिएको अर्थमन्त्रीले बताए ।
शिक्षाका लागि कूल १ खर्ब ६३ अर्ब ६७ करोड रुपैयाँ बजेट छुट्याएको अर्थमन्त्रीले जानकारी दिए ।
त्यसैगरी, शिक्षाको विकासमा सबै बालबालीकालाई माध्यमकि तहसम्म निुशल्क शिक्षा दिने, मात्रृभाषा शिक्षा दिने र आगामी आवमा ७० जिल्लालाई पूर्ण सारक्षता गराउने योजना रहेको छ ।
समुदायिक विद्यालयको गुणस्तरमा ध्यान दिने लक्ष्य रहेको छ । एक विद्यालय एक खेलकुद शिक्षा राख्ने । यसमा ५ करोड बजेट छुट्टयाईएको छ । ८ अर्ब ५३ करोड तीन सय विद्यालय बनाउनेका लागि छुट्टयाईएको छ । ३ अर्ब १९ करोड छात्रवृतिको लागि छुट्याईएको छ ।
४७ अर्ब रुपैयाँ स्थानीय तहका विद्यालको लागि छु्ट्टयाईएको छ । शिक्षक सिकाइ अनुदालको लागि १ अर्ब, रंगिन पाठयपुस्तक बनाउन २ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
२२ लाख २९ हजार विद्यालयका विद्यार्थीलाई दिवा खाजा खुवाउन ५ अबए ९५ करोड रुपैयाँ रहेको छ । छात्रालाई सेनेटरी प्यान निशुल्क रहेको छ ।