मुस्ताङको लोमान्थाङमा पनि टेलिकमको थ्री जी मोबाइल सेवा सुरु



काठमाडौं । नेपाल टेलिकमले हिमालपारीको जिल्ला मुस्ताङको अति दूर्गम स्थान लोमान्थाङ गाउँपालिकाका विभिन्न स्थानमा जिएसएम मोबाइल सेवा शुभारम्भ गरेको छ ।

टेलिकमले नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेर भन्ने स्थानमा सोमबारदेखि जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याएको हो । उक्त स्थानमा टुजी तथा थ्रीजी मोबाइल सेवा सञ्चालनमा आएका छन् । अब त्यहाँका बासिन्दाले जीएसएम मोबाइलबाट डाटा चलाउन र फोन गर्न सक्नेछन् ।

आयोजित कार्यक्रममा मुस्ताङको लोमान्थांङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले उक्त साइट सञ्चालनमा ल्याएका हुन् ।

दुर्गम तथा विकट हुनुका साथै चीनको सीमानासम्म जोडिएका ती गाउँमा जीएसएम मोबाइल टावर स्थापनाको कार्य निकै कठिनाईका साथ सकिएको टेलिकमले जनाएको छ । यसअघि उक्त स्थानमा कुनै पनि मोबाइल सेवा पुगेको थिए ।

उक्त मोबाइल सेवा सञ्चालन पश्चात समुद्र सतहदेखि करिब ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित उक्त क्षेत्रका ४ गाउँ गर्थु, न्याम्दो, चुङजुङ र कोरलाका १ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुनेछन् । सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको टेलिकमले जनाएको छ ।


क्लिकमान्डु